Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेसनल प्याब्सन र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा कक्षा ५ देखि १० सम्मका शिक्षक–शिक्षिकाहरूका लागि कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् । उनले २१ औँ शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि एआई जस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन यस्ता तालिमहरू महत्त्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले शिक्षाको गुणस्तर अभिवृद्धिमा नीतिगत रूपमा प्रष्ट मार्गचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै एआई पाठ्यक्रम त्यसैको एउटा सशक्त आधार रहेको बताए ।

प्रमुख वक्ता तथा प्रशिक्षक प्रा.डा.सुदन झाले पाठ्यक्रम विकासको पृष्ठभूमि र संरचना प्रस्तुत गर्दै शिक्षकहरूले एआईलाई डराउने विषय नभई सहायक औजारको रूपमा बुझ्नुपर्ने धारणा राखे। उनले भने, “सन्तुलित रूपले यसको प्रयोग गर्न सके शिक्षामा नयाँ क्रान्ति सम्भव छ।”

कार्यक्रममा आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले शिक्षा क्षेत्रमा एआईको प्रयोग र सम्भावनामाथि विशेष मन्तव्य राख्दै शिक्षकहरू एआई प्रयोगमा सशक्त भए मात्र हामीले भविष्यका लागि तयार विद्यार्थी उत्पादन गर्न सक्ने बताए ।

तालिममा सहभागी शिक्षकहरूका तर्फबाट द एक्सेलसियर स्कुल, काठमाडौंका शिक्षक प्रतिक सुवेदीले एआई जस्तो जटिल विषयलाई सरल र व्यवहारिक तरिकाले सिकाइको माध्यम बनाइदिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

Health Tips Ad Road Block