Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नयाँ टिभिएस् जुपीटर ११० नेपालमा सार्वजनिक, मूल्य र विशेषता यस्ता छन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टिभिएस् जुपीटर ११० नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टिभिएसकाे आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको हो । जुपिटर सार्वजनिक गर्दै कम्पनीले भनेको छ, ‘यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ। नयाँ जुपीटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व गर्छ।’

टिभिएस् जुपीटरले विश्वभरि ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ। १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू सहितको यो नयाँ टेक–फ्रेंड्ली जुपीटर ११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर भएको कम्पनीको भनाइ छ ।

टिभिएस् जुपीटर ११० का विशेषताहरु यस्ता छन्ः–

–डुअल हेल्मेट अन्डरसिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस ।

–सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल म्याक्स बडी ।

–लामो सिटसहितको बडी ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार ।

–‘फाइन्ड मी’ सुविधा, ‘फलो मी’ हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टीएसएल सुविधा ।

–टिभिएस स्मार्ट कनेक्ट ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित ।

–डिस्ट्यान्स टू इम्पीटी, रियल टाइम फ्यूल इफिसियन्सी, एभरेज फ्यूल इफिसियन्सी लगायतका धेरै विशेषताहरू, जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउने कम्पनीको दाबी छ ।

सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सका प्रतिनिधिहरू साहिल अग्रवाल र अखिल गुप्ताले उ‌द्घाटनमा भने, ‘टिभिएस्सँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ। यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ। नयाँ टिभिएस् जुपीटर ११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ। हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन्।’


नयाँ टिभिएस् जुपीटर ११० को विवरण

प्रदर्शन र प्रविधि

टिभिएस् जुपीटर ११० मा ११३.३सीसी सिंगल–सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरपीएममा ५ं९ किलोवाट पावर र ५००० आरपीएम मा आइजीओ एसिष्ट सहित ९.८ एनएम टर्क र आइजीओ एसिष्ट बिना ९.२ एनएम टर्क उत्पन्न गर्छ। आइजीओ एसिष्ट प्रविधिको प्रयोगले अघिल्लो मोडेलको तुलनामा १० प्रतिशत बढी माइलेज प्राप्त हुन्छ। यसमा स्मार्ट इग्निसन सिस्टम दिइएको छ, जसमा अटो स्टार्ट–स्टप फङ्सन र आइएसजी जस्ता विशेषताहरू छन्। यी प्रविधिहरूले स्कुटरले ओभरटेक गर्दा वा उकालो चढ्दा ब्याट्रीको शक्ति प्रयोग गरी तुरुन्तै आवश्यक टर्क प्रदान गर्छ, जसले गर्दा आवश्यकता पर्दा थप गति र शक्ति सहज रूपमा प्राप्त हुन्छ।

उत्कृष्टता दर्शाउने

–इनफिनिटी ल्याम्प्ससहितको आकर्षक डिजाइन ।

–नयाँ जुपीटर ११ण् इन्जिन र आइजीओ एसिष्ट प्रविधिले १० प्रतिशत बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चित गर्छ ।

–फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ सहजतामा थप आराम ।
–डुअल हेल्मेट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), मेटल म्याक्स बडी, फलो मी हेल्पल्याम्प, टर्न सिंगल रेष्ट, इमरजेन्सी ब्रेक वार्निङबाट सुरक्षामा नयाँ सोच ल्याउँछ ।

–ब्लुटुथ जडान भएको पूर्ण डिजिटल क्लस्टर, कल र एसएमएस, भ्वाइस सिष्टसहितको न्याभिगेसन फाइन्ड माइ भेहिकलजस्ता सहजता पूर्वक प्रविधि ।

कम्पनीका अनुसार टिभिएस् जुपीटरलाई अधिकतम आराम र सुविधा सुनिश्चित गर्दै सावधानीपूर्वक डिजाइन गरिएको छ । ‘यो सेग्मेन्टमै पहिलो पटक उपलब्ध सुविधाहरूको खानी हो, जसमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक, युएसबी मोबाइल चार्जर, र पेटेन्ट प्राप्त इ–जेड सेन्टर स्ट्यान्ड समावेश छन्। स्कुटरको एलइडी हेडल्याम्पले रातको यात्रामा उत्कृष्ट प्रकाश व्यवस्था गर्छ भने मोटरसाइकल जस्तै अगाडिको टेलिस्कोपिक सस्पेन्सन र ठूलो ९०/९०–१२ इन्चका टायरहरूले सहज र आरामदायक यात्रा सुनिश्चित गर्छन् ।’ कम्पपनीले भनेको छ ।

कम्पनीका अनुसार यसमा बडी ब्यालेन्स टेक्नोलोजी २.० प्रयोग गरिएको छ, जसले सवारीलाई अगाडि, तल र केन्द्रित गुरुत्वाकर्षणको स्थितिमा राख्छ। फ्युल ट्याङ्की १,००० मिमिभन्दा बढी सर्नुका कारण सवारीको गुरुत्वाकर्षण केन्द्र तल र अगाडि सर्छ, जसले स्थिरता थप्दछ। ठूला १२ इन्चका पाङ्ग्रा र उचित व्हीलबेससँग मिलेर, नयाँ टिभिएस् जुपीटर ११० साँघुरो ट्राफिकमा पनि निकै सहज र धेरै कम गतिमा पनि सन्तुलित यात्रा प्रदान गर्ने सार्वजनकि कार्यक्रममा बताइयो ।

डिजाइन फिलसफी

टिभिएस् जुपीटर ११० लाई पूर्णरूपमा एर्गोनोमिक्स ध्यानमा राखेर सपोर्टिव र स्टाइलिश डिजाइन–सबै उमेर, लिङ्ग र शारीरिक बनावट भएका प्रयोगकर्तालाई लक्षित गर्दै, स्कुटरको ह्यान्डल, सिट उचाइ र फ्लोरबोर्ड अत्यन्त सहज बनाइएको छ। यसको आकर्षक पियानो ब्ल्याक फिनिश र सिग्नेचर इनफिनिटी लाइट्सले आधुनिक नेपालको बदलिंदो सौन्दर्य रुचिलाई झल्काउँछ। साथै, यो स्कुटरमा स्मार्ट अलर्टसहितको पूर्ण डिजिटल रङ्गी एलसीडी स्पीड़ोमिटर, औसत र रियल टाइम माइलेज देखाउने सुविधाजस्ता फिचरहरू समावेश छन्।

सुरक्षाका नयाँ मानकहरू

नयाँ टिभिएस् जुपीटर ११० स्कुटरमा सुरक्षा र सुविधा दुवैको उत्कृष्ट संयोजन रहेको कम्पनीको भनाइ छ ।

मेटल म्याक्सको भरपर्दो संरचना–धातुका फ्युल ट्यांक, साइड प्यानल, फ्रन्ट फेन्डर ।

डुअल हेलमेट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज’ ।

इमरजेन्सी ब्रेक वार्निङ ।

टर्न सिंगल रिसेट ।

फलो मी हेडल्याम्प

उपलब्धता र मूल्य

डाउन ब्ल्यु रंगमा उपलब्ध यो स्कुटरको शुरुआती मूल्य रु. २,५७,९०० रहेको कम्पनीले जनाएको छ । यो सम्पूर्ण टिभिएस् शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

जगदम्बा मोटर्स नेपालको बारेमा

जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो। गुणस्तर, ग्राहक सन्तुष्टि र नवीनतम समाधानप्रति दृढ प्रतिबद्धता लिएर, जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरू ल्याउँदै आएको छ। टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरूको आधिकारिक डिलरको रूपमा, जगदम्बा मोटर्सले नेपालभरि रहेका व्यापक डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउन गर्व गर्दछ। हाम्रो ग्राहक–केन्द्रित दृष्टिकोण र प्राविधिक विशेषज्ञताले लाखौँ नेपाली सवार र व्यावसायिक अपरेटरहरूको मन जित्न सफल भएको छ। बिक्रीका साथै, जगदम्बा मोटर्स समुदायसँगको सम्बन्ध, सडक सुरक्षा पहलहरू, र प्राविधिक प्रशिक्षणमा समेत सक्रिय छ जसले उच्च सेवा स्तर कायम राख्न मद्दत गर्छ। नेपालको दिगो मोबिलिटी प्रवर्द्धन गर्ने लक्ष्यसहित, जगदम्बा मोटर्सले ग्राहकहरूको बदलिँदो आवश्यकताहरूलाई ध्यानमा राख्दै अत्याधुनिक प्रविधि र वातावरणमैत्री अभ्यासहरू अपनाइरहेको छ।

Health Tips Ad Road Block