Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मौद्रिक नीति र वित्त नीतिबीच तालमेल मिलाउने विषयमा गहन छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नरबीच मौद्रिक नीति र वित्त नीतिबीच तालमेल मिलाउने विषयमा द्धिपक्षीय छलफल भएको छ । आयोगमा भएको भेटमा मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता गर्नेबारे गहन छलफल भएको हो । आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठक आयोजना पूर्व सन्ध्या तथा नेपाल राष्ट्र बैङ्कको आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा आयोगमा छलफल भएको हो ।

छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले विद्यमान कार्य पद्धति र आर्थिक मोडेलका बारेमा बहस गर्ने बेला आएको बताए । उनले सम्पन्न हुन २० देखि २५ वर्ष सम्म लाग्ने कतिपय गौरवका आयोजनाहरूलाई २ वर्ष भित्रै बनाउन सकिने धारणा राख्दै अहिले सही समय र पर्याप्त स्रोत पनि भएको हुँदा राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुरा गरेर देशलाई धेरै अगाडि बढाउन सकिने दाबी गरे । उनले विकास मोडललाई एक अर्कामा जोड्न समेत आवश्यक रहेको बताए ।

उपाध्यक्ष अधिकारीले प्रत्यक्ष आन्तरिक लगानीलाई कम प्रयोग गरिएको भन्दै अबका दिनमा यसलाई प्राथमिकता दिन समेत राष्ट्र बैँकलाई सुझाव दिए । छलफलमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा.विश्वनाथ पौडेलले अनुत्पादक क्षेत्रमा लगानीभन्दा पनि दिगो आर्थिक वृद्धि हासिल गर्न सकिने उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्ने बताए । उनले राम्रो आर्थिक चलायमान गरिरहेको देश ग्रे लिष्टमा पर्नु दुर्भाग्य भएको बताउँदै त्यसबाट बाहिर निस्कन राष्ट्र बैङ्कले पनि आफ्नो तर्फबाट मेहनत गरिरहेको बताए ।

गभर्नर डा.पौडेलले योजना आयोगले राखेको छलफलको विशेष महत्त्व हुने समेत बताए ।

छलफलमा योजना आयोगका सदस्यहरूले लघुवित्त र सहकारीहरूलाई सुधार गरेर चलायमान बनाउन पर्ने जसबाट आर्थिक चक्रलाई असर पारेको, कृषि क्षेत्रमा ऋण सहुलियत हुनु पर्ने, दीर्घकालीन कार्य योजनासहित आर्थिक विकास मात्र नभई सामाजिक–आर्थिक विकासलाई जोड दिनुपर्ने, बैङ्कका शाखा विस्तार गर्ने नीति दुर्गममा आवश्यकता र शहरमा ओभर क्राउडेड भएको, आर्थिक चुनौतीसँगै एनपिएल बढिरहेको, निजी क्षेत्रहरुले ब्याजदर कम हुँदा कुनै योजना नबनाउने तर व्याजदर बढी भएमा लगानी गर्न पाएनौ भनी गुनासो गर्ने प्रवृत्ति रहेको र आम नागरिकमा वित्तीय साक्षरताको आवश्यक रहेको बताउँदै आगामी नीतिमा त्यस्ता विषयलाई समेट्नु पर्ने सुझाव दिए ।

Health Tips Ad Road Block