Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गरिमा विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशका विभिन्न ६ स्थानमा धार्मिक र वातावरणीय दृष्टिकोणले विशेष महत्व राख्ने वर र पिपलका विरुवाहरूको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जा जिल्लाको गह्रौं कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट र छाँयाक्षेत्र शिवमन्दिर परिसर तथा दाङ्ग जिल्लाको मोतिपुर पुल क्षेत्रमा वर र पिपल वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण गरेको हो । विकास बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, विकास बैंकका कर्मचारी, शेयरधनी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

यस किसिमका कार्यले वातावरण संरक्षण, हरित विकासको प्रवद्र्धनका साथै धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने तथा भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विकास बैंकले विश्वास लिएको छ । वृक्षारोपण गरिएको क्षेत्रलाई आगामी दिनमा वर–पिपल चौतारीको रुपमा विकास तथा संरक्षण गर्ने लक्ष्य समेत रहेको छ । गरिमा विकास बैंकले दिगो विकास, वातावरणीय सन्तुलन र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

Health Tips Ad Road Block