ललितपुर । मानार्थक वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नवनियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई श्रेष्ठले स्वागत गरेका हुन् ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागि नियुक्त मानार्थ वाणिज्यदूत श्रेष्ठले ललितपुरस्थित वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रममा सुकलाल दम्पतीलाई स्वागत गरेका हुन् ।
सोेक्रममा राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्नेबारेमा छलफल गरेका छन् । त्यस्तै उनीहरूबीच नेपाल र दक्षिण अफ्रिकाका उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल भएको थियो ।























