Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिंहद्धारा पद तथा गोनियताको सपथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको सपथ लिएकी छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबाट बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।

कम्पनीको असार ५ गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्वसम्मतिवाट पुनःनिर्वाचित भएकी थिइन् । सो अवसरमा प्राधिकरणका अध्यक्ष ओझाले अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए ।

अध्यक्ष सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझालाई आफ्नो र संचालक समितिको तर्फबाट आभार एवं धन्यवाद ज्ञापन गरेकी थिइन् ।

सपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block