skip this News Page Tips Ad Road Block

नेपाल राष्ट्र बैंकद्धारा सजिलो पे र पेवेल नेपालको लाइसेन्स खारेज

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजिलो पे र पेवेल नेपालको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गरी पेवेल नेपाल प्रालि तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।

ऐन, कानुनका विभिन्न प्राबधानहरुको उल्लघन गरेको भन्दै राष्ट्र बैंकले यी संस्थाहरुलाई कारवाही गरेको हो ।

सूचनामा भनिएको छ, ‘यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी अनुमतिपत्रप्राप्त संस्था पेवेल नेपाल प्रालि (अनुमतिपत्र जारी मिति २०७७/०६/११ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि (अनुमतिपत्र जारी मिति २०७७/१२/१७) ले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले यस बैंकको सञ्चालक समितिको मिति २०८२/०३/०५ को निर्णयानुसार भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Health Tips Ad Road Block