काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको आज उद्घाटन हुँदैछ । आज अपरान्ह एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गरेपछि त्यहीँबाट गाडी संचालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सचिवालयले जनाएको छ ।
मन्त्री दाहालले पटक-पटक निरीक्षण र अनुगमन गर्दै यसलाई संचालनमा ल्याउन दबाब दिँदै आएका थिए ।
गएको शनिबार मात्रै मन्त्री दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।





















