Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भिभो नेपालले ’न्यानो नानी’अभियानमार्फत स्थानीय आविष्कारलाई बढावा दिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक उत्तरदायित्व र दिगो विकासप्रतिको आफ्नो अटल प्रतिबद्धता अनुरूप भिभो नेपालले डा. महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा महत्वपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्वको घोषणा गरेको छ ।

यस अभियानअन्तर्गत भिभो नेपालले हालै सार्वजनिक गरिएको भिभो भि ५० लाईट स्मार्टफोनको पहिलो ५० दिन भित्र बिक्री हुने प्रत्येक युनिटबाट रु. ५० राष्ट्रिय आविष्कार केन्द्रद्वारा विकसित ‘न्यानो नानी’ परियोजनामा सहयोगस्वरूप प्रदान गर्नेछ । ‘न्यानो नानी’ एक स्थानीयरूपमा डिजाइन तथा निर्मित प्रविधि हो, जसले नेपालका दुर्गम तथा शीत क्षेत्रहरूमा रहेका समय अगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई जीवन दायिनीता प्रदान गर्दछ ।

यसबारे भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनाल भन्छन्, “राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यो सहकार्यले नेपाली समुदायप्रति हाम्रो समर्पण र दिगो नवप्रवर्तनलाई प्रतिविम्बित गर्दछ । ‘न्यानो नानी’ परियोजनामा योगदान गर्दै हामी शिशु जीवनको संरक्षणमा सहयोग पुर्याउनुका साथै, स्वस्थ नेपालको हाम्रो साझा लक्ष्यलाई अगाडि बढाइरहेका छौं ।”
त्यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले थपे, “भिभो नेपालको समर्थनले ‘न्यानो नानी’ परियोजनालाई अझ धेरै क्षेत्रर समुदायसम्म विस्तार गर्न मद्दत पु¥याउनेछ । यो साझेदारीले नेपालभरिका थप परिवारहरूमा स्थानीयस्तरमा निर्मित जीवन रक्षक प्रविधि आवश्यक परिवारहरूमा पुर्याउने हाम्रो अभियानलाई अझ सशक्त बनाउँछ ।”

भिभो नेपालको यो पहलले प्रविधि र सामाजिक प्रभावको समन्वय गर्दै दीगो, सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई उजागर गर्ने आशा गरिएको छ । यस अभियानमार्फत, कम्पनीले स्थानीय आविष्कारमा लगानी गर्दै देशभर नवजात शिशु स्याहारमा सुधार ल्याउने र सार्थक सामाजिक परिवर्तनका लागि बलियो कदम चालेको बताएको छ ।

Health Tips Ad Road Block