काठमाडौं । सुनको मूल्य बढेर यसअघि वैशाख ९ गते कायम भएको रेकर्डको नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । मूल्य बढेर सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य यसअघि वैशाख ९ गते कायम भएको १ लाख ९७ हजार ९ सय रुपैयाँको नजिक हो ।
आज चाँदी प्रतितोला २१६५ रुपैयाँ रहेको छ ।






















