Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेठ ७ गतेदेखि काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सीप मेला गर्ने, भाेलिसम्म आवेदन दिइसक्नुपर्ने

१० क्षेत्रका ३४ पेशाका २०८२ जनालाई निशुःल्क तालिम दिने तयारी, ३० दिन चल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ । जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ पेशासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका छन् ।

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ ।

१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।

तालिमका क्षेत्र र विधा

१० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।

आयोगका सहायक विज्ञ विवेक वास्तोलाका अनुसार आइसीटी क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम हुनेछन् । स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी २ वटा विधाका तालिम चल्नेछन् । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ विधाका तालिम हुनेछन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ विधामा तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ विधामा तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ विधामा तालिम हुनेछ ।

अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ विधामा तालिम सञ्चालन हुनेछ । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ ।

कुषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । सेवातर्फ सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) र स्टक मार्केट सम्बन्धी तालिम हुनेछ ।

तालिममा सहभागी हुन चाहनेले https://kmc.seepmela.com/ मा क्लिक गरेर खुल्ने पेजमा गएर मागिएका विवरण भरेर पेस गर्नु पर्नेछ । तालिमका लागि जेठ ५ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । यस सम्बन्धी थप जानकारी लिन परे महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिनेछ ।

Health Tips Ad Road Block