काठमाडौं । आइतबार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
मूल्य घटेर सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















