Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुलेखानी–कलंकी सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ । यो सडक बन्द हुने भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधान कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

नेपाल प्रहरीका अनुसार स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्यारो नहोस् भनेर सूचना प्रकाशित गरिएको हो ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले “नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु÷गराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ ।” सूचनामा भनेको छ ।

Health Tips Ad Road Block