Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जलविद्युत आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौताका लागि आउन विद्युत प्राधिकरणकाे आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ नेतृत्वआएसँगै २०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका जलविद्युत आयोजनाहरुलाई विद्युत खरिद बिक्री सम्झौता गर्न आउनका लागि भनेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

लामो समयसम्म विद्युत खरिद बिक्री सम्झौता रोकिँदै आएकोमा यो निर्णयले उर्जा क्षेत्रमा काम गर्ने निजी क्षेत्रका उधमीहरुलाई उत्साहित गर्ने प्राधिकरणको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण संचालक समितिको २०८१ चैत १२ को ९९४ औँ बैठकबाट नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८१ पुस १६ मा स्वीकृत उर्जा विकास मार्गचित्र, २०८१ अनुसार सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८,५०० मेगावाट पुर्र्याउने लक्ष्य प्राप्तिको लागि हाललाई २०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत आयोजनाहरुको गीड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत खरिद बिक्री सम्झौताको प्रकृया अगाडि बढाउने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

२०८१ चैत १२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका जलविद्युत आयोजनाहरुको क्रमैसँग विद्युत खरिद बिक्री सम्झौता गर्ने वैशाख ३० गतेको निर्णयअनुसार सूचना प्रकाशित गरेको प्राधिकरणले जनाएको छ ।

२०८१ चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका १० मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनाहरुको सूचि नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा प्रकाशित गरिएको छ ।

Health Tips Ad Road Block