Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर‘ सफलतापूर्वक सम्पन्न

चालक साझेदारहरूको सामाजिक मानसिक र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर‘ शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको छ । यो कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण साथै शिष्ट व्यवहार र व्यवसायिक सेवाको महत्वजस्ता महत्वपूर्ण विषयहरु समेटिएका छन् । कार्यक्रमको मूल उद्धेश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु रहेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षासम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेशन दिइएको थियो ।

इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेको छ ।

कम्पनीले भनेको छ, ‘दि बेटर ड्राइभ इनिसियटिभ’ यही प्रतिबद्धताको अभिव्यक्ति हो, जसले चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्दैछ ।’

सेसनले विविध विषयमा गहन जानकारी प्रदान गरेको छ, जहाँ प्रत्येक सेसनमा प्रतिष्ठित विज्ञ क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो । सहभागी चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले सोक्रममा विभिन्न विषयवस्तुहरू समेटिएका थिए ।

सडक सुरक्षा र ट्राफिक नियमहरूः ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्तरूपमा प्रस्तुत गरेको छ ।

वित्तीय साक्षरताः आइएमइ पेका प्रमुख ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा संचालन गरिएको यस सेसनमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

मानसिक स्वास्थ्य जागरूकताः ह्याप्पि माइन्ड्सकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यवसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल गरिएको छ ।

ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवाः मोटिभेसनल स्पीकर रञ्जित आचार्यले सहजीकरण गरेको यस सत्रमा ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिइएको छ ।

उचित मूल्य निर्धारण र सामुदायिक प्रतिबद्धताः इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय–केन्द्रित पहलहरू, चालक हितमैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको छ ।

कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पुर्याउने गरी ज्ञान, सीप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको कम्पनीले बताएको छ ।

इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौ कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन । यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्षरूपमा जोडिएको छ । ‘द बेटर ड्राइभःइनिसिएटिभः मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पुर्याउन चाहन्छौं । यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’

इनड्राइभले आफ्ना चालक साझेदारहरूको अविश्वसनीय समर्पण, कठिन परिश्रम र उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्छ र गहिरो सम्मान व्यक्त गर्ने गरेको छ ।

यस किसिमका गतिविधिहरू केवल सम्मानको अभिव्यक्ति मात्र होइनन्, यी कार्यक्रमहरू इनड्राइभको व्यापक दृष्टिकोणको प्रतिबिम्ब पनि हुन् । जहाँ प्रत्येक चालकलाई सशक्त पार्ने, प्रशिक्षण प्रदान गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने र उनीहरूलाई सुरक्षित भविष्यतर्फ डोर्याउने रणनीतिक दृष्टिकोणमा आधारित छन् ।

नेपालमा आयोजित यस अभियानमार्फत, इनड्राइभले चालक संलग्नताको नयाँ मापदण्ड तय गर्दैछ, जहाँ समावेशिता, सहयोग र साझा प्रगति मूल आधार भएको बताइएको छ ।

‘द बेटर ड्राइभःइनिसिएटिभः मनि, माइण्ड, म्यानर’ केवल शहरी यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक कदम हो । यो इनड्राइभको स्थायी परिवर्तन र सामाजिक उत्थानप्रति गरिएको निरन्तर प्रयासको स्पष्ट प्रमाण भएको कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block