Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्रले गति लिएको मन्त्रालयको निष्कर्ष

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ ।

अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ, ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’

बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख छ ।

बुलेटिनमा उल्लेख गरिएको छ, ‘सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन्। आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.९४ प्रतिशतले वृद्धि भएको छ। सार्वजनिक ऋण २०८१ असारमसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको छ। व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या बढेसँगै करको दायरा विस्तार भएको छ। वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ दुबै समूहको मुद्रास्फीति घटेको छ। कुल वस्तु आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतको उच्च दरले वृद्धि भएको छ। निर्यात व्यापारको आकार सानो हुँदा व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको छ।’

‘वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको संख्या समेत गत वर्षको तुलनामा वृद्धि भएको छ। साथै विप्रेषण आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ। पर्यटन आगमनमा १.९ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक सहायता प्रतिवद्धतामा उल्लेख्य (११९.४ प्रतिशतले) वृद्धि भएको छ। विदेशी मुद्रा सञ्चिति बढेको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् ।’ बुलेटिनमा उल्लेख छ ।




Health Tips Ad Road Block