Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

गभर्नर नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समिति सदस्यहरुमा अर्थविद् विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई रहेका छन् । समितिले एक जना डेपुटी गभर्नरको नाम राखेर नयाँ गभर्नर नियुक्तिका लागि सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ ।

समितिले गरेको सिफारिसका आधारमा सरकारले नयाँ गभर्नर नियुक्ति गर्नेछ ।

चैत २४ गतेदेखि गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने भएपछि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न लागेको हो ।

Health Tips Ad Road Block