काठमाडौं । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको सन्दर्भमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन महिला विभागले अन्तक्रिया कार्यक्रम गरेको छ । विभागले नेपालको सार्वजनिक सेवामा लैङ्गिक सवालहरू र भावी मार्गचित्र विषयमा अन्तक्रिया गरेको हो ।
अन्तक्रियामा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले जनयुद्धपछि सेना प्रहरीसहित समाजका सबै क्षेत्रमा महिला सहभागिता बढ्दै गएको बताइन् । आर्थिक अधिकारको व्यवस्था संविधानमा भएपनि बनेका कानुन कार्यान्वयन गर्न पितृसत्तात्मक व्यवहार बाधक रहेको उनले बताइन् । यो सोचबाट सबै बाहिर आउनुपर्ने शर्माको भनाइ छ । त्यसैगरी महिलाहरु आफैं सक्षम छन् भनेर देखाउन महिलाहरु नै अग्रसर भएर लाग्नुपर्ने पनि उनले बताइन् ।
कार्यक्रमका अन्य वक्ताहरुले महिला उत्थानमा सबै लाग्नुपर्ने बताएका थिए ।






















