Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फागुन २६ र २७ गते काठमाडौंमा श्रम तथा रोजगार सम्मेलन २०८१ हुने, उद्यमशिलता र रोजगारलाई जोड्ने मुख्य उदेश्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित सम्मेलन गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने दुई दिने सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल छलफलसमेत हुने मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री शरतसिंह भण्डारीले उद्यमशिलता र रोजगारलाई एक आपसमा जोड्ने र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको बाताए । तीनै तहका सरकार एवं निजी क्षेत्रसहितको संलग्नतामा श्रम क्षेत्रका सबै विषय वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको माध्यमबाट उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने हिसाबले सम्मेलन हुन लागेको जानकारी मन्त्रीले दिए ।

रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा सबैको सहभागिता सम्मेलनमा रहने मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले जानकारी दिए ।

सम्मेलनमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनले साझेदारको सहयोगमा सम्मेलनको खर्च व्यवस्थापन हुने पनि बताए ।

पछिल्लो समय श्रमिकको माग न्यून हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु लगायतका विषयले चिन्ता थपेको भन्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

सरकारले यसअघि २०५४, २०६१, २०६९ र २०७६ सालमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरेको थियो ।

Health Tips Ad Road Block