Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

रुपन्देही । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।

सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए । यसै क्रममा पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारी तहबाट यथोचित सम्मान पाउन नसकेको, सीमा पारीबाट सामानहरुसँगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको, बैंङ्गहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोगगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भएपनि सो अनुरुप सरकारको दृष्टिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिनुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकीरहन कठीन हुँदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, खुल्ला बोर्डरले पारेको समस्या, व्यवसायीहरुको पुरानो स्टकको समस्या, नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या लगायतका विभिन्न विषयहरुमा प्रश्नहरु राखेका थिए ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । सो प्रश्नहरुको जवाफ दिनेक्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको भन्दै सरकारले हालै अध्यादेशमार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म आफ्ना मागहरु सम्बोधन भएको जानकारी दिए । सोहीक्रममा अध्यक्ष चौधरीले विभिन्न प्रश्नहरुको जवाफ दिनेक्रममा सन्दर्भ मूल्यसूचि समयसापेक्ष बनाउन सरकारलाई निरन्तररुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताए ।

यसैक्रममा अध्यक्ष चौधरीले बङ्गलादेश, भुटान, भारत र नेपालबीच हुन लागेको विविआइएन सहमतीसम्बन्धी बैठकमा स्वंयम सहभागी भएको र त्यस सहमतीले नेपालको अटोमोवाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाको तर्फबाट धारणा राखिएको बताए । साथै हालै भारतको नयाँ दिल्लीमा भारत मोविलिटीको सन्दर्भमा नाडा, एक्मा र एयसडिसीबीच भएको सहमतीबारे समेत जानकारी दिएका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले गरेका थिए । त्यसैगरी सो कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए ।

भर्चुअलविधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्यसमिति सदस्यद्धय नवराज भुसाल, प्रकाश पुरी, सुनिल रिजाल, निलमणि पाठक मेघराज पौडेल, नारायण प्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका तर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका तर्फबाट वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे, सदस्यद्धय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरि आचार्य, कमल न्यौपाने, दिनेश अमात्य र साधारण सदस्य प्रकाश भट्टराई र जगदिश भट्ट समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै सो कार्यक्रममा हेटौडा अटोमोवाइल्स एशोसिएशनका वरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्र कुमार उपे्रती र सदस्य विकास नेपालको उपस्थिति रहेको थियो । त्यसैगरी कर्णाली अटोमोवाइल्स एशोसिएशनका उपाध्यक्ष सै अनवर अली, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सल्लाहकार गोपाल प्रसाद पाण्डे, कानूनी परामर्शदाता कृष्णप्रसाद पाण्डे र पे्रश सल्लाहकार स्वस्तिक श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश)एशोसिएशनहरुबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ । यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउँदा दिनहरुमा पनि गर्दै जाने जनाएको छ ।

Health Tips Ad Road Block