Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयोजनामा ध्यान दिनुपर्ने उर्जा उत्पादकहरु नेताहरुकोमा धाउँदै ठिक्क, इप्पान अध्यक्ष भन्छन्–हात बाँधियो

लेखासमितिका कारण १५ खर्बको लगानी अन्योलमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिएको आरोप लगाएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत आयोजनाः लगानी, शेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष कार्कीले १५ खर्ब रुपैयाँ लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र १५ हजार ५०० विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ। यसको लागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।’

नेपाली उर्जा उत्पादकहरुले १ मेगावाटबाट शुरु गरेर अहिले क्षमता बढाएर १००–२०० मेगावाटका परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए । उनले ठूला आयोजनाको लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए ।

संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई दिने शेयर रोकिएको कार्कीको भनाई छ ।

‘सरकारले १० प्रतिशत शेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था गरेको छ,’ अध्यक्ष कार्कीले भने, ‘स्थानीयले शेयर किन नदिएको भनी उत्पादकहरुको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले त शेयर दिन सक्दैनौं ।’

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्चाउनु पर्ने बताए।

‘संघिय संसदकै लेखा समिति र अर्थसमितिबीच नै मत बाँझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’

केही समययता उर्जा उद्यमीहरु विभिन्न नेता र सरोकारवालाहरुकोमा धाउँदै यस क्षेत्रका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।

Health Tips Ad Road Block