Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि शुक्रबार बुक क्लोज गर्दैछ । त्यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन पाउने तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्स संचालक समितिको ३५ औँ बैठकबाट कम्पनीको सत्रौं वार्षिक साधारण फागुन ११ गते आइतबार अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा गर्ने निर्णय भएको छ ।

सभाले शेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत बोनस शेयरको प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। बोनस शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने निर्णय पनि सभाले पारित गर्ने इन्स्योरेन्सले जनाएको छ ।

Health Tips Ad Road Block