काठमाडौं । आज संसदमा बजेटको अर्धवार्षिक समीक्षा हुने भएको छ । यसका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्नेछन् ।
संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्थवार्षिक मूल्याङ्कन प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूचि रहेको छ ।
संसद बैठक आज दिउँसो १ बजे बस्दैछ ।