Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल निर्माणकै चरणमा, अब बन्ने संरचनालाई दिगो, सुरक्षित र उपयोगी बनाउनुपर्छः मन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धीसँग जोड्नु पर्ने बताएका छन् । सडक बोर्ड नेपालको २२ औँ स्थापना दिवसको अवसरमा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताए । अब बन्ने संरचनाहरुले देशको समृद्धी यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाई थियो । नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउने तर्फ ध्यान दिनु पर्ने बताए ।

जनजीविका, राजश्व संककल, आर्थिक क्रियाकलाप तथा वृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाईदा पुर्याउने योजनाहरुमा मन्त्रालयले प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नु पर्ने समेत बताए । मन्त्री दाहालले सडक बोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरुको शिघ्र व्यवस्थापन गर्न निर्देशन दिँदै सडक मर्मतसँगै अनुगमनलाई समेत प्रभावकारी बनाउन आग्रह गरे ।

बोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले आर्थिक वृद्धीको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धीलाई सहयोग पुग्ने गरि सडक सञ्जाल विस्तार गर्नु पर्ने बताए । पूर्वाधारमा गरिएको लगानीले दिर्घकालिन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानु पर्ने बताएका थिए ।

Health Tips Ad Road Block