Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्देशन दिँदै बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीलाई भन्यो–दाबी भुक्तानीबारे बीमितलाई जानकारी दिनु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई निर्देशन दिँदै भएका दाबी भुक्तानीबारे बीमितलाई जानकारी गराउन भनेको छ ।

प्र्राधिकरणले बीमकले बीमा दावी निवेदन प्राप्त भएपश्चात् सोको दर्ता गरी यथाशिघ्र बीमितलाई एसएमएसमार्फत जानकारी गराउन इन्स्योरेन्स कम्पनीहरुलाई निर्देशन गरेको छ ।

त्यसैगरी प्राधिकरणले निर्जीवन बीमाको क्षति मुल्याङ्कन गर्न सर्भेयर खटाँउदा सोको जानकारी एसएमएसमार्फत बीमितलाई गराउन र बीमकले सर्भे प्रतिवेदन प्राप्त भएपछि सोको समेत जानकारी एसएमएसमार्फत बीमितलाई दिन भनेको छ ।

प्राधिकरणले बीमालेख अनुसार बीमा दाबीको दायित्त्व यकिनपछि डिजिटल माध्यम प्रयोग गरी सम्पूर्ण रकम अनिवार्यरुपमा कानुन बमोजिम भुक्तानी प्राप्त गर्ने पक्षको बैंक खातामा दाखिला हुने व्यवस्था गर्न भनेको छ ।

निर्देशनमा जीवन बीमकले दाबी भुक्तानीबापत बीमित वा हकवालालाई कानुन बमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिला नगरी अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न नपाइने पनि स्पष्ट पारेको प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block