Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

असोजको बाढीले बन्द माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गत असोज १० देखि १२ गतेको अविरल वर्षापछिको बाढीले पूर्णरुपमा बन्द भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मत सम्भारपछि पुनः विद्युत उत्पादन सुरु भएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले असोजको बाढीले बन्द माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु भएको जानकारी दिएका हुन् ।

कम्पनीका अनुसार आंशिकरुपमा मर्मतपश्चात् विद्युत उत्पादन सुरु गरिएको हो ।

गत असोज १० गते साँझदेखि देशव्यापीरुपमा परेको अविरल वर्षाको कारणले असोज १२ गते दिनको ११ बजेतिर विद्युत केन्द्रको बाँधस्थलमा आएको पहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । साथै सेटलिङ बेसिन, कल्भर्ट बक्स लगायतका संरचनामा क्षति पुगेकाले असोज १२ देखि विद्युत केन्द्र पूर्णरुपमा बन्द रहेको थियो ।

कम्पनीका अनुसार हाल बाँया पट्टिको सेटलिङ बेसिनको मर्मतपश्चात् पुस ९ गते मंगलबार साँझ ७ बजेर ४० मिनेट देखि जलविद्युत केन्द्र सञ्चालनमा आई विद्युत उत्पादन सुरु भएको हो ।

Health Tips Ad Road Block