Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रावा बैंकको वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्गमा नयाँ रजिस्टर गर्ने ग्राहकहरुले स्मार्टफोन जित्न सक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आकर्षक पुरस्कारहरू जित्न सक्ने बैंकले जनाएको छ ।

यस अभियानमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्य लिएको जनाएको छ।

यो अभियान अवधिभित्र, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई नयाँ स्मार्टफोन प्रदान गर्ने बैंकले जनाएको छ । साथै आरबीबी डिजिटल संसार राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० रुपैयाँको टपअप बोनस प्रदान गरिने बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले यो अभियान ग्राहकहरूको बैंकिङ अनुभवलाई थप उत्साहजनक बनाउनको लागि ल्याएको स्पष्ट पारेको छ । यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिने बैंकको विश्वास रहेको छ। यो अभियान पुस १० गतेबाट सुरु भएको र माघ १० सम्म चल्ने बैंकले जनाएको छ ।

अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा जानकारी उपलब्ध गराइने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवलाई आफ्ना ग्राहकहरू सँग मनाउन पाउँदा गर्व महसुस गर्दै यस अभियानले यो अवसरलाई थप अविस्मरणीय बनाउने विश्वास राखेको छ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठूलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

Health Tips Ad Road Block