skip this News Page Tips Ad Road Block

१५ दिनभित्र सुधारका कार्ययोजना पेश गर्न नेपाल वायुसेवा निगमलाई मन्त्री पाण्डेको ठाडो निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायुसेवा निगमलाई कडा निर्देशन दिएका छन् ।

निगमको केन्द्रीय कार्यालयमा नै आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।

निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने मन्त्री पाण्डेको भनाई थियो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्न समेत निर्देशन दिएका छन् । निगमलाई घाटा लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ ।

Health Tips Ad Road Block