Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बजाज मोटरसाईकलको साटा–साट योजनाः पुरानो मोटरसाईकल आजै नयाँ बनाउन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिनेछ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले भने, “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

झण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

Health Tips Ad Road Block