skip this News Page Tips Ad Road Block

हप्ताको शुक्रबार १० बजे १० मिनेट लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान थाल्न प्रधानमन्त्रीको सन्देश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालका केही जिल्लाहरुमा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यको क्षेत्रमा गम्भीर चुनौती सृजना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको नियन्त्रणमा देशब्यापी अभियान गर्न भनेका छन् ।

यसबाट बच्न डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँहरु खोजी लाम्खुट्टेका लार्भा एवं प्युपा नष्ट गर्ने कार्यलाई तिव्रता दिन भनेका छन् । त्यसअनुसार उनले भने, ‘कम्तिमा हप्ताको एक पटक शुक्रबार १० बजे १० मिनेट देशब्यापी अभियानको रुपमा यसलाई संचालन गर्न म सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानताहरुका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि हार्दिक अपिल गर्दछु ।’

नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव भएको भन्दै प्रधानमन्त्री ओलीले स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुने सन्देशमा उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block