api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

आज ४४ औँ विश्व खाद्य दिवस मनाइँदै, देशभर विविध कार्यक्रम

काठमाडौं । आज अक्टोबर ७ । प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस विविध कार्यक्रम गरी नेपालमा आज मनाइएको छ । बीचमा दशैं, तिहार लगायतका चाडपर्व परेकाले आज नेपालमा यो दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउने गरिन्छ ।

‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ आज ४४ औँ विश्व खाद्य दिवस विविध कार्यक्रम नेपालमा मनाइएको हो ।

यस अवसरमा कृषि विभागले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा बिहानै प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय , कृषि विभागको आयोजनामा भएको प्रभातफेरीमा मन्त्रालयका सचिवसहित कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Health Tips Ad Road Block