skip this News Page Tips Ad Road Block

खाद्यमार्फत खसीबोका र च्याङ्ग्रा बिक्री खुला, कति छ मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले खसीबोकाको प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको प्रतिकिलो १ हजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । तोकिएको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएकी छन् ।

यस अन्तर्गत पहिलो चरणमा २०८ वटा खसीबोका काठमाडौं भित्रिसकेको र अरु आउने चरणमा रहेको छ । त्यसैगरी ३ सय च्याङ्ग्रा काठमाडौं भित्रिसकेको छ ।

चाडपर्वका समयमा बजार मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउन खाद्यले हरेक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गरिरहेको छ ।

यसपालीको दशैंका लागि खाद्यले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ । निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री गरिरहेका छन् ।

Health Tips Ad Road Block