ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मनास्लु र सोलुखुम्बुमा उद्धारको पर्खाइमा पर्यटकहरु, उद्धारमा पर्यटन विभागले देखायो सक्रियता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । केही दिनको लगातारको वर्षा, बाढी र पहिरोका कारण मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकहरु उद्धारको पर्खाइमा रहेका छन् । आज पर्यटन विभागका निर्देशक डा. नारायण प्रसाद रेग्मीको संयोजकत्वमा पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठक बसी त्यहाँ उद्धारको पर्खाइमा रहेका पर्यटकको उद्धारका लागि तत्काल आवश्यक पहल गर्ने निर्णय लिइएको हो ।

बैठकले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकहरुको हवाई उद्धारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तत्काल अनुरोध गर्ने निर्णय लिएको छ । मनास्लु र सोलुखुम्बुमा रहेका पर्यटकहरुको अवस्था बुझ्नलाई नेपाल पर्वतारोहण संघको नेतृत्वमा तत्काल अनुगमन गर्ने पनि निर्णय गरिएको विभागले जनाएको छ ।

बैठकले असोज ११ र १२ गतेको अविरल वर्षाको कारण विपद्मा परेका पर्यटकहरुको खोज, उद्धार गर्ने कार्यमा सहयोग गर्ने निकाय एवं व्यक्तिलाई धन्यवाद दिने र रेस्क्यु फ्लाइट गर्दा अनुमति प्राप्त गर्ने प्रकृया झन्झटिलो र लामो समय लाग्ने भएकोले प्रकृया अनुमति छोट्याउन तथा निषेधित क्षेत्रको सम्बन्धमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णयसमेत गरेको छ ।

विप‌द्मा परेका पर्यटकहरुको तत्काल उद्धार गर्ने कार्यमा सहयोग गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनहरुलाई अनुरोध गर्ने तथा विपदमा परेका पर्यटकहरुको उपचारमा सहजीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत लिइएको छ ।

Health Tips Ad Road Block