ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

वायुसेवा कम्पनीहरु पछि हटे, आन्तरिक उडानमा भाडा घटाउन सहमत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् । मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन् ।

देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाइएको छ ।

विपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरु अफ्ठ्यारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासोपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।

Health Tips Ad Road Block