काठमाडौं । सुनको मूल्यले आजपनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । सोमबारको तुलनामा ५ सय रुपैयाँले मूल्य बढेर सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको छ । सोमबार १ लाख ५९ हजार २ सय र आइतबार १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले दैनिकरुपमा नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजार प्रभावका कारण नेपाली बजारमा सुनको मूल्यले उचाइ कायम गर्दै गएको हो । मंगलबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।