skip this News Page Tips Ad Road Block

सिइओकोरुपमा मनलाग्दी पैसा खर्चले हंगामा

काठमाडौं । नेपाली सञ्चारमाध्यममा बैंक तथा वित्तीय संस्थाका सिइओको वार्षिक तलव, सिइओको सेवा एवं सुबिधा, सिइओको राजीनामा, सिइओको पक्राउ पूर्जी, सिइओको मापदण्ड, सिइओको स्वच्छता, सिइओको बदमासीलगायत विषयले बढी प्राथमिकता पाउने गर्दछन् । यो स्वाभाविक पनि हो कि बैंकको समग्र रणनीतिक नेतृत्व र व्यवस्थापनको लागि जिम्मेवार हुनेछ । संचालक समितिप्रति उत्तरदायी हुनेछ ।

जनताको निक्षेप बैंक, वित्तीय संस्थामा रहेको हुन्छ । मुख्यतःआफ्नो रकमको सुरक्षाबारे सबैलाई चिन्ता र चासो पनि रहन्छ । त्यही नागरिकको चिन्ता र चासोलाई खबरदारी गर्न सञ्चारमाध्यमले ती र त्यस्ता विषयबारे सुसूचित गरिरहन्छन् ।

तर यतिबेला राजनीतिमा सिइओको विषयले तर्क वितर्क र हंगामा मच्चाइरहेको हो ।

विषय हो नेकपा(एमाले) महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा राखेको स्ट्याटसको । उनले केही दिन अघि लेखेका थिए, ‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ? ’

महासचिव पोखरेलको यो स्ट्याटसमा कसैलाई पनि स्पष्टरुपमा तोकिएको छैन । तर यो स्ट्याटस राश्वपा सभापति रवि लामिछानेप्रति व्यङ्ग्यात्मकरुपमा लक्षित छ ।

सहकारी प्रकरणमा रवि लामिछानेप्रति महासचिव पोखरेलले लक्षित गर्दै लेखेको यो स्ट्याटसमै तर्क र वितर्क मच्चिरहेको छ । फरक–फरक पार्टीलक्षित क्रियाप्रतिक्रियाहरु आइरहेका छन् । रवि लामिछानेसँगै नेपाली कांग्रेसका धनराज गुरुङ, लेखा समितिका सभापति ऋषि पोखरेललगायतको नामलाई लिएर पनि त्यहाँ क्रिया प्रतिक्रिया आएका छन् । सहकारीको रकम लिएर दुरुपयोग गर्नेलाई जो कोही भएपनि छोड्नु नहुने तर्क पनि सँगै आएका छन् ।

त्यतिमात्रै होइन विभिन्न संचारमाध्यममा यस विषयले ठूलो स्थान पाएको छ । विस्तारै राजनीतिक घोचपेचले आर्थिक विषयतर्फ ध्यान मोडिएको देखिन्छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा आफू प्रबन्ध निर्देशक हुँदा रकम कसरी आयो आफूलाई थाहा नभएको भन्दै रवि लामिछानेले सार्वजनिक वृतमा बताउँदै आएका छन् ।

Health Tips Ad Road Block