skip this News Page Tips Ad Road Block

सुकिला नोट असोज १३ गतेदेखि साट्न पाइने

काठमाडौं । यसपटकको दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग, प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । तर यसपटक नयाँ नोट भने साट्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नयाँको सट्टा सुकिला नोट साट्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ । असोज २२ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीको प्रादेशिक कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ ।

एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक/एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने राष्ट्र बैंकले जनाएको छ । यद्यपि आफ्नो खाता रहेको बैंकबाट साट्नुपर्ने नोटमा भने सीमा छैन ।

Health Tips Ad Road Block