काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई टिकटकमा लगाएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
टिकटकले सरकारले राखेको सर्त पूरा गर्ने सहमति जनाएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको हो । सरकारको निर्णयपछि टिकटक चल्न थालेको छ ।
सामाजिक सद्भाव खल्बल्याएको भन्दै सरकारले गत २०८० कार्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो ।