skip this News Page Tips Ad Road Block

दोस्रोपटक पर्यटन बोर्डको सीइओमा जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

जोशी दोस्रोपटक बोर्डको सीइओ नियुक्त भएका हुन् । जोशीले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरिसकेका छन् ।

यसअघि बोर्डको कार्यकारी प्रमुख छनोटका लागि गठित उपसमितिले जोशीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । उपसमितिले बोर्डका पूर्व सीइओ डा. धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम पनि सिफारिस गरेको थियो ।

Health Tips Ad Road Block