skip this News Page Tips Ad Road Block

साढे ८२ हजार दर्शकको साथसहित अटोमोबाइल क्षेत्रको कुम्भ मेला नाडा अटो शो–२०२४ सम्पन्न

काठमाडौं । टाटा डट इभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ । ६ दिन सञ्चालन भएको १६ औं संस्करणको नाडा अटो शो–२०२४ मा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका छन् ।

ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भब्यरुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो विगतमा भन्दा निकै भब्य र बृहत भएको अवलोकनकर्ताहरुले समेत प्रतिक्रिया दिएका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बाबजुद पनि आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको नाडाका अध्यक्ष करण चौधरीले बताए । अटो क्षेत्रको कुम्भ मेला नाडा अटो शोले व्यवसायीमा खुसी छाएको दाबी गर्दै अध्यक्ष चौधरीले आगामी दिनमा अझै परिस्कृत बनाइने बताए । अटो शो सम्पन्न गर्न सहयोग गर्ने सबलाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले अटोमोवाइल क्षेत्रको नीतिगत सुधारमा लाग्ने बताएका छन् ।

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिएका सर्वसाधारणको प्रतिक्रिया छ । त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चार पाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रेडराले जितेको छ र उत्कृष्ट दुई पाङ्ग्रे सवारी साधनतर्फको स्टल वैद्य इनर्जि प्रा.लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको वेष्ट स्टल एवार्ड एम.ए.डब्लुु प्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रतिनिधिसमेत सदस्य रहनेगरी चार सदस्यीय वेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

नाडा अटो शो-२०२४ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्थासमेत गरेको थियो । विजेताले आफनो टिकटसहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा.ध्रुव थापा, पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा प्रदेश उपाध्यक्षद्धय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरका थिए । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो र प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

नाडा अटो शो–२०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश पुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा रक्तदान गर्न चाहने कूल १२८ जनामध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गरका थिए । समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सब सरोकारवाला कम्पनी र संस्था सबलाई धन्यवाद दिए । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरीकै अध्यक्षतामा ५ सदसिय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएको थियो ।

Health Tips Ad Road Block