Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्रिपरिषद्ले पूर्णता पायो, तीन राज्यमन्त्रीले लिए सपथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ रहेका छन् ।

योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए ।

Health Tips Ad Road Block