Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१३ हजार मेगावाटको पिपिए खुलाउन प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु समेटेर पारित गराउन माग गरेको हो ।

प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्राबधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरुसँग रहेका करिव ३० हजार मेगावाट क्षमताका आयोजनाहरु स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।

इप्पानले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोजनाहरुको छिटो विद्युत व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि माग गरेको छ ।

Health Tips Ad Road Block