api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा धेरै पार्टी भन्दा पनि बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापालाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा एमालेमा स्वागत गर्दै पोखरेलले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरता तर्फ जाने बताए । देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको बताए ।

एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नु पर्ने उनको भनाइ छ ।

पोखरेलले ६÷ ६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताए । त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनको धारणा छ । राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उनले बताए । यो भयो भने साना दलले बार्गेनिङ गर्ने र अस्थिरता मच्चाउने प्रवृत्ति अन्त्य हुने पोखरेलको भनाइ छ ।

Health Tips Ad Road Block