काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यतिबेला आफ्रनैबारे सफाइ दिँदादिँदै हैरान भएका छन् । दिनहुँ जता गएपनि आफ्नै बारे स्पष्टिकरण दिँदैमा उनी हैरान हुने गरेका छन् ।
बिहीबार पनि संसदको सार्वजनिक लेखा समितिमा विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिए ।
नैतिकताको उच्च कडीमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक पनि भए ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.वाग्लेले प्रश्न गर्दै भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?





















