skip this News Page Tips Ad Road Block

अर्थमन्त्रीकाे आक्रोस: इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालित पोसितले प्रधानमन्त्री र म माथि आक्रमण गरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’

सार्वभौम संसदका माननीहरुलाई पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरेका छन् ।

संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए।

Health Tips Ad Road Block