Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एउटा ऋणीलाई दुई लघुवित्तले ऋण दिनसक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब एउटा ऋणीलाई दुई वटा लघुवित्तले ऋण लगानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन एवं परिमार्जन तथा थप व्यवस्थाअनुरुप ७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ। हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो ।

यस्तै दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यका हकमा ७ लाख सीमा कायम गरिएको थियो । तर, अब प्रति परिवार २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा समेत प्रदान गर्न सकिने भएको हो ।

Health Tips Ad Road Block