ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

विद्युत आयातभन्दा निर्यात बढी, करिब १७ अर्बको आम्दानी

काठमाडौं । आर्थिक वर्ष २०८० सालको साउनदेखि २०८१ असार मसान्त एक वर्षसम्ममा नेपालले किनेकोभन्दा बेचेको विद्युतको मात्रा र रकम धेरै भएको छ । निर्यात थालेको तीन वर्षमा नेपालले एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । सोबपात १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यहीबेलामा नेपालले एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरेर नेपालले १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँ तिरेको छ । यसरी हेर्दा नेपालले आयातभन्दा १२ करोड २३ लाख रुपैयाँभन्दा बढीको बिजुली भारतलाई बेचेको छ । नेपालले भारतलाई निर्यात थालेपछि पहिलोपटक किनेकोभन्दा बेचेको बिजुलीको अंश बढी भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

विद्युत पर्याप्तता बढ्दै जाँदा देशभित्र विद्युतीय सवारीसाधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम पदार्थको आयातमा समेत गिरावट आएको तथा विद्युत निर्यात पनि बढ्न थालेपछि यसले नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुग्न थालेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

Health Tips Ad Road Block