skip this News Page Tips Ad Road Block

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक टी–ट्वान्टी विश्वकप फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिका हाल जारी रहेको टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । अफगानिस्तासँगको खेलमा ५७ रनको सामान्य लक्ष्य पाएको दक्षिण अफ्रिकाले आठ ओभरमा लक्ष्य पूरा गरी फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाका लागि रिजा हेनरिकले २९ तथा एडेन माक्रमले २३ रन जोडे।

त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ दशमलब ५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो ।अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले १२ बलमा १० रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। दक्षिण अफ्रिका लागि मार्को यानसन र तबरेज साम्सीले समान तीन तीन तथा एनरिक नोर्किया र कागिसो रबडाले समान दुई दुई विकेट लिए।

दोस्रो सेमिफाइनलमा आजै भारत र इङ्ल्याण्ड आमने सामने हुनेछन्। यी दुईको विजेतासँग उपाधिका लागि दक्षिण अफ्रिकाले शनिबार प्रतिष्पर्धा गर्नेछ ।

Health Tips Ad Road Block