skip this News Page Tips Ad Road Block

वर्षातका समयमा १ हजार मेगावाट विद्युत खेर जाने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यो वर्षको वर्षातका समयमा १ हजार मेगावाट यत्तिकै खेर जाने अवस्था देखिएको भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले चिन्ता व्यक्त गरेको छ । इप्पानको नयाँ कार्यसमिति आएको एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा इप्पानका उपमहासचिव प्रकाश दुलाले उक्त जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा दुलालले भने, ‘वर्षातका समयमा कुल ३५ सय मेगावाट विद्युत उत्पादन हुने र त्यसमध्ये ८ सय मेगावाट भारततर्फ निर्यात हुनेछ । केही बंगलादेशतर्फ जाने र बाँकी नेपालमा खपत हुनेछ । यसबाट बढी एक हजार मेगावाट हाराहारीमा खेर जाने अवस्था रहेको छ । नेपाल विद्युत प्राधिकरणले तत्काल विद्युत खेर जान नदिने कार्य गर्नुपर्दछ ।’

पत्रकार सम्मेलनमा एक वर्षको फेहरिस्त प्रस्तुत गर्दै इप्पानका अध्यक्ष गणेश कार्कीले उत्पादित बिजुली किनिदिने अवस्था बनाइदिन प्राधिकरण समक्ष आग्रह गरे । उनले बाढीबाट क्षति पुगेका संरचनाको स्थलगत अवलोकन गरेर फर्किएका प्रधानमन्त्रीले नै आफूले दिने वचन दिएका क्षतिपूर्ति र राहत नपाएकोमा दुखेसो जनाए । अहिले पनि भन्सारमा सामान अड्किएर ३० करोड पेनाल्टी लाग्ने अवस्था बनेको भन्दै यसलाई सम्बोधन गरिदिने सरकारसँग उनले आग्रह गरे ।

इप्पानका पदाधिकारीले उत्पादित बिजुली किन्ने अवस्था नआएमा प्राधिकरणको विरुद्धमा उत्रनुपर्ने अवस्था नआओस् भन्दै चेतावनी दिएका छन् । इप्पानले उर्जा विकासप्रति बजेटले सम्बोधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

Health Tips Ad Road Block