skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकद्धारा प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गरे । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्यालउन सवारी साधन निकै उपयोगी हुने उनले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उले चर्चा गरे ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने विचार व्यक्त गरे ।

Health Tips Ad Road Block